
सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका–१ जुभिङको एक घरमा आगलागी भएको छ । विद्युत सट भएर आगो लाग्दा पवन विकको घर पूर्णरुपले जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आगलागीबाट ८ लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक राम किशोर साहले जानकारी दिनुभयो । आईतबार अपरान्ह साढे ४ बजे लागेको आगो आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।