
कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्मीका कमलबहादुर अधिकारीले भारोत्तोलनको पुरुष ६७ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ ।
ओलम्पियन कमलले स्नाचमा ९५ केजी, क्लिन एन्ड जर्कमा १३० केजी गरी कुल २२५ केजी भार बहन गर्दै स्वर्ण पदक जित्नुभएको हो । आर्मीकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एन्ड जर्कमा ११९ सहित कुलमा २०९ केजी भारका साथ रजत पदक पक्का गर्नुभयो।
यस्तै सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्नाचमा ९२ केजी, क्लिन एन्ड जर्कमा ११६ केजी गरी २०८ केजी भारका उठाउँदै कांस्य पदक जित्नुभयो।
महिलातर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जित्नुभएको थियो । उहाँले स्नाचमा ६० केजी, क्लिन एन्ड जर्कमा ८० गरी कुल १४० केजी तौल उठाउनुभयो। दोस्रो स्थानमा रहनुभएकी आर्मीकी प्रभा थारुले स्नाचमा ५८ केजी, क्लिन एन्ड जर्कमा ७१ केजी भारका साथ कुल १२९ केजीका साथ रजत पदक पाउनुभयो। लुम्बिनीकी कृष्णकला विष्टले स्नाचमा ५६ केजी, क्लिन एन्ड जर्कमा ७२ केजी गरी कुल १२८ केजी भार उठाउँदै कांस्य पाउनुभयो।
यस्तै, महिलाकै ५९ केजी तौल समूहमा आर्मीकी कमला श्रेष्ठले स्वर्ण जित्नुभयो। उहाँले स्नाचमा ६८, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुल १५३ केजी भार बहन गर्नुभयो। पुलिसकी देवीकुमारी चौधरीले स्नाचमा ५८ केजी, क्लिन एन्ड जर्कमा ७० केजी गरी कुल १२८ केजी भारका साथ रजत र आर्मीकी अस्मिता पुलामी मगरले स्नाचमा ५३ केजी र क्लिन एन्ड जर्कमा ७० केजी गरी कुल १२३ केजी भारका साथ कांस्य पाउनुभयो।