
विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले पुष्पलाल चोकमा कार्यालय स्थापना गरेको छ ।
मोरङ क्षेत्र नम्बर ४ को सम्पूर्ण चुनावी गतिविधि सोहि कार्यालयबाट एमाले नेता राम घिमिरेले बताउनुभयो । कार्यालय उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य विनोद ढकालले सम्पूर्ण नेता कार्याकर्तालाई चुनावी आचारसंहितालाई ख्यालमा राख्दै अभियानमा जुट्न आग्रह गर्नुभयो ।
उहाँले क्षेत्रका जनताको घरमा पुग्दा सबैको चाहना अब एमालेकै नेतृत्व खोजिरहेको पाइन्छ भन्दै उहाँले निर्वाचनका बेला अनेक भ्रम फैलाएर जनतालाई झुक्याउन खोजिने भएकाले त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैपनि यस क्षेत्रको जनाधार नेकपा एमालेसँगै छ भन्ने पुष्टि स्थानीय तहमा जनताले भोट दिएर पुष्टि गरेको बताउँदै ढकालले जनताको भावनामा चोट पुग्न दिन नहुने बताउनुभयो । कार्यालय उद्घाटन सँगै मोरङ क्षेत्र नं. ४ मा एमालेले आफ्ना चुनावी गतिविधि तिब्र बनाएको छ ।