
काठमाडौं । सत्तारुढ गठबन्धनले आज ललितपुरमा निर्वाचन परिचालन अभियान सञ्चालन गरेको छ। ललितपुरको एक पार्टी प्यालेसमा अहिले संयुक्त प्रशिक्षण कार्यक्रम जारी रहेको छ।
कार्यक्रममा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थित छ ।
कार्यक्रममा सत्ता गठबन्धनआबद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा उहाँहरुले प्रशिक्षण दिँदैहुनुहुन्छ ।
नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरेर बनेको पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। भने लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ।
संसदीय निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयुक्त प्रशिक्षण एवम् चुनावी सभा गर्ने कार्यतालिका बनाएको छ।