जसपा नेतृ तथा सांस्कृतिक अभियान्ता बसुन्धरा झासहित सयौं नेता कार्यकता एमालेमा प्रवेश

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)की नेतृ तथा सांस्कृतिक अभियन्ता बसुन्धरा झासहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई आज पार्टी कार्यालय मोरङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अबिर खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

झासँगै जसपाको जहदा नगर कमिटीका उपाध्यक्ष निरादेवी शाह, सचिव रुपा महतो, कोषाध्यक्ष सीता पैदारलगायत सिंगो नगर कमिटी एमालेमा समाहित भएको छ ।

यस्तै सिके राउतको जनमत पार्टीबाट समेत गंगा सहनीलगायतको समूह आज एमालेमा प्रवेश गरेको छ । गत स्थानीय तहको निर्वाचनमा विराटनगर ११ बाट अध्यक्षका उम्मेदवार रहनुभएका सहनीसहित समूह आज एमाले प्रवेश गरेको हो ।

उहाँहरुलाई स्थायी कमिटी सदस्य बरालसँगै, केन्द्रिय सदस्य रामलाल साह, जीवन घिमिरे, मोरङका उपाध्यक्ष बाबुराम कार्की, प्रदेश ६ ‘ख’ का उम्मेदवार पर्शुराम बस्नेतलगायतले स्वागत गर्नुभएको छ ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै स्थायी कमिटी सदस्य बरालले जनताको पार्टी नेकपा एमाले रहेको बुझ्दै प्रवेश गरेकोमा बधाई दिनुभयो ।

Back to top button