
काठमाडौं । थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ५ सय १० नमूना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ सय ३५ र एन्टिजेनबाट ६ सय ७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२ र एन्टिजेनबाट ४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ।