लालबाबु पण्डितको पहलमा मोरङ- ६ मा कति बजेट आयो ? पण्डितको दावी अनुसार नै छ ?

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले आफ्नो क्षेत्रमा कति बजेट ल्याउनुभयो ? यतिबेला जनतामा चासोको बिषय बनेको छ ।

चुनावी अभियानमा रहनुभएका पण्डितले कार्यकर्ता तथा स्थानीय जनताको पुग्दा आफु सरकारमा हुँदा प्रधानमन्त्रीको क्षेत्र बराबर नै बजेट ल्याएको दावी गर्दै आउनुभएको छ ।

आफ्नो क्षेत्रको तिब्रतर विकास गर्नकै लागि बजेट ल्याएको भन्दै कतिपय बजेटहरु स्थानीय पालिकाले काम नगरिदिँदा फ्रिज भएको समेत बताउँदै आउनुभएको छ ।

चुनावी मैदानमा जाँदा पण्डितले अझै धेरै विकास गर्न बाँकी रहेको र त्यो आफूले पूरा गर्ने बताउँदै आउनुभएको छ । यहि सन्दर्भमा पण्डितले २०७७ साल भदौ ३ गते तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी मोरङलाई आफुले २०७५/०७६ र २०७६/०७७ दुुई वर्षमा आफ्नो पहलमा भएका र सञ्चालित योजनाहरुको विवरण कोशीसन्देशलाई प्राप्त भएको छ ।

उहाँले भने अनुसार नै बजेट आएको हो की हैन भन्ने जान्नपनि जनतामा उत्सुकता बढेको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गर्दै अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्य हुनुभएका पण्डित यस पटक पनि कोइरालासँग नै चुनावी मैदानमा हुनुहुन्छ ।

हेरौं पण्डितको पहलमा कहाँ कति बजेट आयो र के के काम भए ? 

Back to top button