मतदातासँगको दोहोरो सम्वादमा व्यस्त हिक्मत कार्की

झापा । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा झापा क्षेत्र नम्बर ५ क का प्रदेश सभा उम्मेद्वार हिक्मत कार्कीले जनताको गुनासो सुन्ने अभियान गर्दै आउनुभएको छ ।

अभियानमा नागरिक र उम्मेद्वारबीच प्रत्यक्ष सम्वाद हुने गरेको छ । कमलका ४ वटा गौरादहका ८ वटा र गौरीगञ्जका ३ वटा वडाका मतदातासँग दोहोरो सम्वाद गरिदैछ । उहाँको क्षेत्रमा पर्ने १५ वडामध्ये १२ वटा वडामा त्यसरी कार्यक्रम भइसकेका छन्।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री समेत भइसक्नुभएका कार्की एमालेको सरकार बने प्रदेश १ मा मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । उहाँले मतदातालाई विगतमा निर्वाचित गरेर पठाएपछि गरिएका कामको विवरण सुनाउने गर्नुभएको छ ।

विगतमा आफू सरकारमा हुँदा क्षेत्रका समग्र विकासका गतिविधिहरुको चर्चा गरिदैछ, कार्कीले भन्नुभयो, मतदाताका सुझाव र गुनासालाई समेत सुनिने छ । कार्कीले मतदाताले मुख्य गरी स्वास्थ्य शिक्षा र रोजगारी सँगै पूर्वाधार विकासका मागहरु राख्ने गरेको बताउनुभयो ।

कतिपय कामहरु वडा मार्फत नै भइसकेका पनि छन्, कति स्थानीय तहबाट भएका छन्, उहाँले भन्नुभयो, अधुरा रहेका र बाकीँ रहेका काम प्रदेश र संघले गर्ने छन् । प्रदेश क का निर्वाचन परिचालन कमिटीका संयोजक अम्बर दास शिवाकोटीले उम्मेद्वार र मतदाता विच प्रत्यक्ष सम्वादले नेता र जनताबीचको दुरी घट्ने बताउनु भयो ।

विगतमा एमाले सरकार हुँदा भएका कामको हामीले मतदातालाई बुझाइ रहेका छौँ, उहाँले भन्नुभयो, ‘मतदाताका माग र गुनासालाई पनि सम्बोधन गरिने छ । प्रत्येक वडामा उम्मेद्वारलाई मतदाताले प्रश्न सोध्ने छन् । विगतका प्रतिवद्धता समेत सम्झाउने छन् ।

नेकपा एमालेका गौरादह नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेका अनुसार मतदाता र नेताबीचको सम्बन्ध अझै प्रगाढ हुने र नेताले मतदाताका गुनासो बुझ्न सक्ने बताउनुभयो । यस खाले कार्यक्रमले मतदाताले समेत नेता प्रतिको विश्वास बढ्ने देखिन्छ, उहाँले भन्नुभयो, ‘नेताले पाँच वर्ष बीचमा गरेका कामको समेत समिक्षा गर्ने छन् र आगामी योजना समेत बनाउन सक्ने छन् ।’

उम्मेद्वार र मतदाताबीच पहिलो चरणको अन्तकृया भोलि सम्पन्न हुने निर्वाचन परिचालन कमिटीका सचिव चक्र गुरुङले जानकारी दिनुभयो । एमालेका उम्मेद्वार कार्कीसँग कांग्रेसका जीवन राई प्रतिष्पर्धामा हुनुहुन्छ ।

Back to top button