क्रिकेटर लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको छ।

प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको हो।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। उहाँलाई गत असोज २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

Back to top button