
विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्ने ठगहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
आज झापाको धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले हिजो रौतहटमा माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरुलाई भ्रमित गरेको प्रति आपती जनाउदै सो कुरा बताउनुभएको हो ।
यसैगरी बारा ४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले प्रचार कार्यलमा उक्त क्षेत्रका युवाहरुलाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कार्बाहीको माग गरेको छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन कुशुलेका कठपुतली हुन् कसले नचाउछ थाहा छैन । राप्रपा देशका लागि विवेकले निर्णय गर्दछ ।’