नवौं राष्ट्रिय खेलकुदः ट्रायथोलनमा वसन्त र सोनीलाई स्वर्ण

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा पुरुषतर्फ त्रिभुवन आर्मीका वसन्त थारु र महिलातर्फ एपीएफकी सोनी गुरुङले जित्नुभएको छ ।

पोखरा फेवातालमा आज भएको ट्रायथोलन पुरुष स्प्रिन्ट विधामा वसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड १ घण्टा ०९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्नुभयो ।

आर्मीकै दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्नुभयो । एपीएफका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै कास्य जित्नुभयो ।

महिलातर्फ सोनीले १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्नुभयो । नेपाल पुलिसकी शेर्बी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा पूरा गर्दै रजत जित्नुभयो भने त्रिभुवन आर्मीकी केशरी थापा मगरले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पूरा गर्दै कास्य जित्नुभएको थियो।

Back to top button