
काठमाडौं । नेकपा एमालेकी नेत्री विद्या भट्टराईलाई डेंगी संक्रमण भएको छ।
डेंगी संक्रमण भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ। हाल उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सीसीयूमा उपचार भइरहेको उहाँको सचिवालयले जानकारी दिएको छ।
चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर छ। डा. सीपी आचार्यलगायतको टोलीले उहाँको उपचार गरिरहेको सचिवालयले जनाएको छ।
भट्टराई एमालेका तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार हो ।