
काठमाडौं । काठमाडौंसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। नेपाल–चीन सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्प नेपालसहित चीन र भारतमा पनि धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल र चीन सीमामा केन्द्रबिन्दु बनाएर आज दिउँसो ३ः७ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ। सिन्धुपाल्चोक नजिकै रहेको सीमा क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ।