
विराटनगर । मोरङ क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार लिलाबल्लभ अधिकारीले आफु निरन्तर जनताको सुखदुःखको साथी बनेर बसेको बताउनुभएको छ ।
यसअघि पनि सोहि क्षेत्रबाट निर्वाचित हुनुभएका नेकपा एमालेका नेता अधिकारीले निर्वाचन जितेपछि पनि निरन्तर आफ्नो क्षेत्रका जनतासँगै रहेको दावी गर्नुभयो ।
उहाँले आफ्नो ५ वर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि पनि जनता र जनप्रतिनिधिबिचको सोझो सम्बन्ध स्थापित हुनसक्नु रहेको बताउनुभएको छ । कोशीसन्देशसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘हिजो जनप्रतिनिधिसँग केहि खास कार्यकर्ताको मात्र सोझो सम्पर्क हुन्थ्यो, तर आज जनताको सोझो सम्पर्क स्थापित भएको छ ।’
विकास निर्माणका काम र आफ्ना एजेण्डा पूरा गर्ने सवालमा निरन्तर काम भइरहेको भन्दै उहाँले त्यसका अलावा सामाजिक न्याय दिलाउन सकेको बताउनुभयो ।
हिजोको दिनमा विपन्न, दलित भएकै कारण झूठो मुद्दा खेप्नुपर्ने, अनाहकमा थाना चौकीमा तनाव झेल्नुपर्ने गुनासा थिए भन्दै अधिकारीले अहिले कुनै पनि जनताले खाली खुट्टा छु भन्दैमा, विपन्न छ भन्दैमा या दलित छु भन्दैमा अन्याय सहनुपर्ने दिन नरहेको बताउनुभयो ।
कसैले अन्याय गर्दा मनोवैज्ञानिक रुपमा नै प्रतिकार गर्ने नभए आफुलाई फोन आउने भन्दै उहाँले यसमा आफूलाई गौरव लाग्ने बताउनुभयो ।
हेरौं संक्षिप्त भिडियो