
बझाङ । बझाङको मस्टा गाउँपालिकाको चिउरी नजिकै जिप दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ। सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
मस्टा गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रोकायाले ५ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो। ‘मृतक ५ जनाको शव निकालिएको छ। उद्धार कार्य जारी छ,’ उहाँले भन्नुभयो। घटनाको पूर्ण विवरण आउन बाँकी छ।