
कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा आज स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।
एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २७–२५ को जित निकाल्यो ।
तेस्रो सेट २६–२४ ले जित हात पारेर एपीएफले स्वर्ण पक्का गरेको हो । नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो । कास्य पदकका लागि आजै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–० को साझो सेटमा पराजित गरेको थियो ।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–१८ ले जित हात पारेर पुलिसले कास्य पदक जितेको हो ।