उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५, दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३, असारीका २२ वर्षीय विकाश राई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते राईको उपचारका क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

प्रदेश २–०१–००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

Back to top button