भैरहवामा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन

काठमाडौं । भैरहवामा राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै उद्योगी व्यवसायी पनि प्रर्दशनमा उत्रिएका छन् । बिहीबार नवलपरासीमा बैंकविरुद्ध व्यवसायीहरुले प्रर्दशन गरेका थिए ।

रुपन्देहीको व्यापारिक हब भैरहवामा कालोट्टी सहित सडक प्रदर्शन गरिएको रुपन्देही उद्योग वाणिज्य संघले जनाएको छ । उच्च ब्याजदरका साथै एकपछि अर्को नीति ल्याएर उद्योगी व्यवसायी कस्ने नीति बैंकले गरेकोले बैंक विरुद्ध आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ ।

यस भेगका उद्योगी व्यवसायीहरुको सबै संस्था एक भएर बैंक र राष्ट्र बैंकको नीतिविरुद्ध उत्रिएको रुपन्देही उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

‘आज एक घण्टा कालोपट्टीसहित सडकमा प्रर्दशन गर्‍यौं,’ श्रेष्ठले भन्नुभयो, ‘अहिले उद्योगी व्यवसायी साथिहरु राष्ट्र बैंक भैरहवा कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका छन् ।’

यस्तै, बैंकहरुले एक पछि अर्को बहानामा ब्याज बढाएको र व्यवसायीलाई कस्दै लगेको संघले जनाएको छ । बैंकको कारण उद्योगी व्यवसायीहरुलाई टिक्नै नसक्ने अवस्था आएपछि आन्दोलनका लागि बाध्य हुनु परेको संघले जनाएको छ । बैंकले आफ्नै खातामा आफ्नो रकम जम्मा गर्ने अवस्था समेत सिर्जना नगरेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Back to top button