श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया तालकुमारी कुमालको हत्या गरेको आरोपमा मुसिकोट नगरपालिका–७, बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

श्रीमानको कुटपिटबाट गम्भीर घाइते तालकुमारीको लुम्बिनी वामी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापश्चात् जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो।

यस्तै, प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Back to top button