
विर्तामोड । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग स्पष्टीकरण सोधेको छ।
झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मालाई आयोगले आज स्पष्टीकरण सोधेको हो।
महामन्त्री शर्मालाई आचारसंहिता उल्लंघनमा कारबाही नगर्नुको कारण २४ घण्टाभित्र निर्वाचन आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न भनेको आयोग स्रोतले जनाएको छ।