
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गर्नुभएको छ ।
अध्यक्ष ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गर्नुभएको हो । उहाँले टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।
सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गर्नुभएको थियो । सोही क्रममा टिपाएकामध्ये गोलाप्रथाबाट नाम छनोट गरी उहाँले टेलिफोन गरी संवाद गर्नुभएको हो । संवादको क्रममा ओलीले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिनुभएको हो ।
अध्यक्ष ओलीसँग कुरा गर्न इच्छुकले मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म नाम र नम्बर टिपाएका थिए । ‘तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु । २ लाख ९ हजार १ सय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु ‘, ओलीले फेसबुकमा लेख्नुभएको छ ।
टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै उहाँले फोन गर्नुभएको हो । उहाँलाई सुझावका क्रममा सर्वसाधरणहरुले थरिथरिका सुझाव दिएका छन ।