
विराटनगर । सुनको सिक्रि, ब्रासलेटलगायत गहना लुटपाटमा सम्लग्न दुई जना युवालाई मोरङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नं ९ बैगुनधुराका १९ वर्षीय मुकेश खतिवडा र धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. १ लेगुवाका २२ वर्षीय हेम वहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असोज ३० गते राती करिब १ बजे मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं– ४ स्थित पूर्व पश्चिम राजमार्गमा गाडी पार्किङ गरि सुतिरहनुभएका चालक रामबहादुर गिरीको साथबाट गहनालगायतका सामान लुटपाट भएको थियो ।
ना ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी सोही गाडीमा सुतिरहनुभएका चालक गिरीको साथबाट ति युवाले सुनको सिक्री १ थान, सुनको ब्रासलेट १ थान, एउटा मोवाईल, नगद ४५ हजार रुपैयाँ, एटिएम कार्डलगायतका सामाग्री लुटेको र ति सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुलाई हिजो पक्राउ गरी जिल्ला अदालत मोरङबाट डाका मुद्दामा ३ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।