हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोलिराम थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्ग ‘मर्निङ वाकमा निस्केका बेला थारूलाई हात्तीले आक्रमण गरेको थियो ।

यस्तै, पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो छ ।

Back to top button