
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने बताउनुभएको छ ।
आज विराटनगरमा आयोजित लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने भन्दै निर्वाचन अगाडि होस् वा पछाडि गठबन्धन हुन जरुरी रहेको बताउनुभयो ।
गठबन्धन संविधानलाई रक्षा गर्न, असल शासन दिनलाई सम्बद्ध नेपाल निर्माण गर्न गठबन्धनको जरुरी रहेको उहाँले बताउनुभयो ।