प्रधानमन्त्री देउवा विराटनगरमा

विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर आउनुभएको छ ।

निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उहाँ आज विराटनगर आउनुभएको हो ।

आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको छ।

भेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्छ । उहाँहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ।

Back to top button