लीला गजमेरको स्वरमा ‘पियार’ गीत सार्वजनिक

काठमाडौं । ‘पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। लीला गजमेरको एकल स्वर रहेको ’पियार’ गीत बिहिबार युट्युब मार्फत सार्वजनिक गरिएको हो।

गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ। यो गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गर्नुभएको हो भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ। पियार बोलको भिडियोलाई निर्देशक हिमालिले राम्रो बनाउनुका साथै डान्सिङ शैलिमा तयार पर्नुभएको छ ।

सिंगो कथा बुनिएको गीतको भिडियोमा संवाद पनि समावेश छ। एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा भिडियोमा देखाइएको छ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ। उहाँहरुको जोडी भिडियोमा एकदमै सुहाएको देख्न सकिन्छ। अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्किको रहेको छ।

Back to top button