राष्ट्रियता र लोकतन्त्रलाई जोगाउन गठबन्धन बनायौँ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण गरिएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउन गठबन्धन भएको बताउनुभएको हो ।

‘राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ’, उहाँले भन्नुभयो ।

महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको बताउनुभयो । कृषि, पर्यटन, जलविद्युतमार्फत लमजुङको विकास गर्न सकिने बताउँदै उहाँले यसका लागि पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउनुभयो ।

घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने गुरुङको भनाइ छ ।

यस्तै, मर्स्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

Back to top button