बसको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–३ ढुंगेबजारमा शुक्रबार साँझ बसको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा से१ब २१६ नम्बरको मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्र प्रसाद जैशी रहनुभएको छ ।

उपचारका क्रममा हिजो बेलुकी साढे ८ बजे टीकापुर अस्पतालमा उहाँको मृत्यु भएको हो।

कार्यालयबाट फरार रहेका प्रतिवादीबारे बुझ्नका लागि लम्कीचुहा–३ बल्चौर गएर फर्किदै गरेका जैशी सवार रहेको मोटरसाइकललाई हिजो साँझ सवा ६ बजे ना६ख ७४५९ नम्बरको बसले ठक्कर दिएको थियो।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय लम्की कैलालीले नियन्त्रणमा लिएको छ।

Back to top button