टोलटोलमा देउसीभैलो खेल्दै राष्ट्रिय जनसांस्कृतिक महासंघ

विराटनगर । संस्कृति जगेर्नाका लागि उत्प्रेरित गराउँदै राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल, मोरङले जिल्लाका विभिन्न क्षेत्रमा देउसी भैलो कार्यक्रम अभियान सुरु गरेको छ ।

तिहार आरम्भ भएको दिनदेखि नै विभिन्न कलाकारसहितको टोलीले सास्कृतिक प्रस्तुतिसहित देउसी भैलो खेल्न थालेको हो । जस अन्तर्गत आज विराटनगरको पुष्पलाल चोकमा विहान ७ बजे, ग्रामथान गाउँपालिकाको झोराहाटमा १० बजे देउसी भैलो कार्यक्रम खेलेको महासंघले दिउँसो प्रेस चौतारी मोरङले आयोजना गरेको शुभकामना आदानप्रदानमा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।

यस्तै आजै अपरान्ह ५ बजेदेखि विराटनगर– ८ शान्तिचोकमा देउसी भैलो खेल्ने कार्यक्रम रहेको छ । कात्तिक ९ गतेसम्मको तालिका सार्वजनिक गरेको महासँघले देउसी भैलो कार्यक्रममा सहभागि हुन स्थानीयलाई आग्रह समेत गरेको छ ।

कहाँ कहाँ खेल्दैछ ? हेरौं तालिका

Back to top button