पर्शुराम बस्नेतको नाम जोडिएको प्रति पिडितको आपत्ति

विराटनगर । विराटनगरमा भएको एउटा लेनदेनको घटनामा प्रदेश सभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेतकोे नाम जोडिएको प्रति पीडितहरुले आपत्ति जनाएका छन् ।

विराटनगर–८ का ३४ वर्षीय नवल यादव र विराटनगर–११ का २४ वर्षीय अभिषेक साहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घटनामा सम्लग्न नै नरहेका मोरङ क्षेत्र नं. ६ (२) बाट एमालेका उम्मेदवार बन्नुभएका पर्शुराम बस्नेतको नाम सञ्चारमाध्यममा आएको प्रति आपत्ति जनाउनुभएको हो ।

विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय किरण लामासंग भएको घटना सत्य भएपनि बिना प्रसङ्ग बस्नेतसँग जोडेर आएको समाचारको उहाँहरुले भत्सर्ना गर्नुभएको छ ।

उहाँले सञ्चारमाध्यमहरुलाई सत्य तथ्य समाचार लेख्न आग्रह गर्दै समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘२०७९।०७।०५ मा विभिन्न मिडियामा प्रकाशित समाचार प्रति हाम्रो गम्भीर आपत्ति छ । हाम्रो र किरण लामा बिचको घटना सही हो । तर यो घटनासंग सरकार नभएका प्रतिष्ठित समाजिक र राजनीतिक व्यत्तित्व श्री पर्शुराम बस्नेतलाई जोडेर प्रकाशित समाचार कपोलकल्पित र भ्रम छर्ने मात्र हो । मङ्सिर ४ मा हुन गइरहेको आम निर्वाचनमा मोरङ ६ ‘ख’बाट चुनावी मैदानमा होमिएका बेला पर्शुराम दाईको बदनाम गराउने सुनियोजितः षडयन्त्रको हामी घोर भत्र्सना गर्दछौं ।’

Back to top button