थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर कैलालीमा एक महिलाको मृत्यु

धनगढी । कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार आफ्नै घर नजिकै खेतमा चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फसेर बेरिएपछि मृत्यु भएको हो ।

Back to top button