नेपालका सन्दीपा र श्रीचन्द्रलाई स्वर्ण

काठमाडौं । नेपालका सन्दीपा अमगाईं र श्रीचन्द्र कार्कीले दोस्रो टोरोन्टो ओपन अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । शुक्रबार र शनिबार भएको प्रतिस्पर्धामा साङ्रोक तेक्वान्दो डोजाङका सन्दीपा र श्रीचन्द्रले ३० वर्षमुनिको पेयर पुम्सेमा स्वर्ण जित्नुभएको हो ।

सन्दीपा र श्रीचन्द्रले ६.३५० अंक ल्याउँदै पहिलो स्थान हात पार्नुभएको हो । यस स्पर्धामा फ्रान्सको एक्टिभिटिच स्पोट्स् तेक्वान्दो डोजाङका फ्रान्सिस इसाबोय र राडिया गारगारीले रजत पदक जित्नुभयो।

उहाँहरूले ५.४८० अंक बटुल्दा बेलायतको ब्लु वेभ डोजाङका गेरी रियली र कोटिन रियलीले ५.१५० अंकका साथ कांस्य पदक जित्नुभयो।

सो प्रतियोगितामा फ्रान्स, बेलायत, हङकङ, इजिप्ट, जर्मनी, अमेरिका, टर्की, ट्युनिसिया, इटाली, मेक्सिको, फिलिपिन्स, क्यानडा, चिली, ग्रिस, साउदी अरेबिया, इन्डोनेसियालगायत ३० राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

Back to top button