त्रिविले डेढ वर्षपछि सार्वजनिक गर्‍यो बिएस्सीको नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करिब दुई वर्षपछि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे बिएस्सी प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ।

त्रिविले एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा लिएको प्रथम वर्ष २०७९ को नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

त्रिविले नतिजा प्रकाशित गर्दा स्थगन अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पसमा प्रवेश पत्र प्रमाणि गरि सम्पर्क गर्न आग्रह गरेको छ।

‘आफ्नो प्रवेश पत्र प्रमाणीकरण गराई २०७९ साल कात्तिक १५ गतेपछि यस कार्यालयको विज्ञान गोप्य शाखामा सम्पर्क गर्न सूचित गरिन्छ,’, सूचनामा उल्लेख छ।

Back to top button