
काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बागी उम्मेदवार बनेकाहरुलाई कारवाहि गर्ने तयारीका साथ आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनका शीर्ष नेताहरुको बैठक कारवाहिका बिषयमा केन्द्रित हुने बताइएको छ ।
यस्तै आजको बैठकमा चुनावी सभाबारे पनि छलफल हुने बताइएको छ । तर, केही स्थानमा सत्ता गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनमै सहमति भएकाले त्यहाँका उमेदवारलाई भने कारवाहि नगरिने बताइएको छ ।
बागी उम्मेदवारी दिनेमा गठबन्धनका दलमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसका उमेदवार छन् ।