सेलीब्रेटीका भाईटीका

विराटनगर । तिहारको आज मुख्य दिन भाईटीका सबैले आ–आफ्ना दिदीबहिनीको हातबाट टिका तथा माला ग्रहण गरेका छन् । यस्तै दिदी बहिनीलाई दाजुभाईले टीका माला लगाइदिएर मनाइएको छ ।

केहि चर्चित कलाकारहरुले पनि आ–आफ्ना सामाजिक सञ्जालबाट भाईटीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । अभिनेता तथा निर्माता दीपकराज गिरीले धुमधामसाथ भाइटीका मनाएको तस्वीर उहाँले सामाजिक सञ्जालमा राख्नुभएको छ ।

आफ्ना दाजुभाइ र चेलीबेटीसँग भाइटीका मनाइरहेको केही थान फोटो राख्दै उहाँले लेख्नुभएको छ,‘सप्तरंगी टीका’ । तस्वीरमा गलामा मखमली माला, शीरमा ढाका टोपी अनि नाङ्लोभरी सेलरोटी र फलफूल देख्न सकिन्छ ।

यस्तै चाडपर्वका बेला देश विदेशका विभिन्न कन्सर्ट र सागीतिक कार्यक्रममा व्यस्त रहने गायक प्रमोद खरेलले पनि भाईटीका लगाउनुभएको छ । उहाँले आफ्नी चेलीसँग भाइटीका मनाइरहेको फोटो फेसबुकमा राख्नुभएको छ ।

अभिनेत्री तथा मोरङ क्षेत्र नम्बर– ३ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार समेत रहनुभएकी रेखा थापाले पनि भाईटीका लगाउनुभएको छ । उहाँले पनि सामाजिक सञ्जाल माफर्त भाईटीका लगाएको तस्वीरहरु सार्वजनिक गर्नुभएको छ । उहाँले मोरङमा नै भाईटीका लगाएको समेत जानकारी गराउनुभएको छ ।

निर्देशक प्रदीप भट्टराईले पनि ‘भाइटीका २०७९’ लेख्दै सामाजिक सञ्जाल फेसबुकबाट सयपत्री फूल र सप्तरंगी टीकासहितको फोटो सार्वजनिक गर्नुभएको छ ।

यस्तै चलचित्रमा सधैं व्यस्त रहने अभिनेता दयाहाङ राईले पनि तिहार मनाएको संकेत गर्दै छोरासहितको फोटो सार्वजनिक गर्दै लेख्नुभएको छ,‘छोराको भाइटीका ।’

Back to top button