निर्माणाधिन विमानस्थलको रनवेमा मोटरसाइकल दुर्घटनाः दुईजनाको मृत्यु

बुटवल । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधिन विमानस्थलको रनवेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सन्धिखर्क नगरपालिका– १० शिखरबार्नी स्थित विमानस्थलको रनवेमा गएराति दुर्घटना भएको हो ।

प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सन्धिखर्क–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार बा२५प ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते हुनुभएको छ ।

उहाँहरुको बुटवल स्थित मर्सि सिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button