नेपाली कांग्रेसको घोषणापत्र भोली सार्वजनिक गरिने

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि संकल्प पत्र ‘घोषणापत्र’ भोली सार्वजनिक गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भोली बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घोषणपत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नुहुनेछ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समूहले चुनावको घोषणापत्र तयार गरेको हो।

Back to top button