मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर। सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा हिजो बेलुका दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाईते भएपछि उपचारका लागि विराटनगर स्थित आर्या न्यूरो अस्पताल ल्याइएको थियो । तीनै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Back to top button