
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगााढ बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
छठपर्व, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।
‘छठपर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसंगतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु’, राष्ट्रपतिद्धारा जारी सन्देशमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।