रसियाले युक्रेनमाथि गर्‍यो क्षेप्यास्त्र प्रहार

रसियाले युक्रेनको राजनधानी कीभ लगायतका कतिपय स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ।

आफ्नो ब्ल्याक सी फ्लीटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको केही दिनमै रसियाले राजधानी कीभ लगायतका युक्रेनका केही सहरहरुमा क्षेप्यास्त्र प्रहार गरेको बीबीसीको समाचारमा उल्लेख छ।

क्षेप्यास्त्र प्रहारका कारण युक्रेनमा बिजुली, पानीलगायत अत्यावश्यक कुराहरु बन्द भएको छ।

राजधानी कीभमा मात्र कम्तिमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। युक्रेनको उत्तर पूर्वी सहर खार्किभमासमेत क्षेप्यास्त्रका कारण महत्त्वपूर्ण पूर्वाधारहरु ध्वस्त भएको छ।

Back to top button