माओवादीले अतिक्रमित भूमि फिर्ता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल थाल्ने बताएको छ ।

चुनावी घोषणापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको अतिक्रमित नेपाली भूमि फिर्ताका लागि अविलम्ब कुटनीतिक पहल गरिने बताएको हो ।

कुनै पनि अन्तर्राष्ट्रिय विवाद वा द्वन्द्वमा संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताहरूको आधारमा शान्तिपूर्ण संवादको प्रक्रियाबाट समाधान खोज्न जोड दिइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

प्रतिवद्धता पत्रमा भनिएको छ, ‘नेपाल विश्व शान्तिको पक्षमा दृढ रहने छ । सैनिक शक्तिको विस्तार, आणविक अस्त्रहरूको निर्माण र अस्त्र–शस्त्रको होडबाजी आदिको विरोध गर्दै विश्व शान्ति र सद्भावको पक्षमा निरन्तर जोड दिइने छ ।

Back to top button