बारामा पार्किङ गरेको ट्रकमा आगलागी

वीरगञ्ज । बारामा पार्किङ गरेर राखेको एउटा ट्रकमा आगलागी भएको छ । कोल्हबी नगरपालिका–१ कोल्हबीमा ना ६ ख.२२६५ न. को ट्रकमा आगलागी भएको हो ।

गएराति ११ः५५ बजे कोल्हबीस्थित शुभकामना आयल स्टोर अगाडि पार्किङ गरी राखिएको ट्रकको तार सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट ट्रकको अगाडिको सीसा, वाइरिङ डेक्स बोर्ड र क्याबिनमा राखेको लत्ता कपडा लगायत समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

आगलागीबाट ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिइएको थियो ।

Back to top button