नारायणी नदीमा डुङ्गा पल्टिदा तीन जनाको मृत्यु

भैरहवा । वनभोज खाएर फर्किदै गरेका युवा चढेको डुङ्गा पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा हिजो पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो ।

डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहनी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि भैरहवा ल्याइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button