सन्दिप लामिछानेविरुद्धको मुद्धामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध हिजो जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः भोली साँझसम्म अदालतको फैसला आउने छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो ।

उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्न वेष्टइन्डिजमा हुनुहुन्थ्यो । उतैबाट अमेरिका पुग्नुभएका सन्दिप २० असोजमा नेपाल फर्किनुभएको हो ।

Back to top button