जनता र युवाका कुरा सुनौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानका क्रममा जनताका कुरा सुन्नुपर्ने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले युवाका कुरा विशेष रूपमा सुन्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले उनीहरूका कुरा सुनेर आफूहरूले अगाडि सारेका योजना बताउनुपर्ने उल्लेख गनुभएको छ । चुनावी अभियानमा रहेका पार्टीका नेता–कार्यकर्तालाई उहाँले यस्तो निर्देशन दिनुभयो ।

“यस अभियानमा हामीले जनताका कुरा सुन्ने र अझ युवाका कुरा सुन्ने गर्नुपर्छ, अनि हामीले अगाडि सारेका योजनाहरू बताउने गर्नुपर्छ,” उहाँले लेख्नुभएको छ ।

अध्यक्ष ओलीले चुनावी अभियानका रचनात्मक तस्बिरहरू आफूलाई फेसबुकमा पठाउन आग्रह पनि गनुभएको छ । “सबै साथीहरूले आफ्नो चुनावी अभियानका रचनात्मक तस्बिरहरू यहाँ पठाउन सक्नुहुन्छ,” उहाँले भन्नुभएको छ ।

Back to top button