श्रव्यदृश्य पाठ्यसामाग्री तयार पार्न शिक्षकहरुको सूची सार्वजनिक

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाले श्रव्यदृश्य पाठ्यसामग्री उत्पादनका लागि शिक्षकहरुको सूची सार्वजनिक गरेको छ ।

सूचीकृत शिक्षकहरुले केन्द्रको स्टुडियोमा स्वर परीक्षण र कक्षा प्रद्धर्शन पश्चात श्रव्य तथा श्रव्यदृश्य पाठहरु उत्पादन गर्नुपर्ने केन्द्रले सूचनामा उल्लेख गरेको छ ।

केन्द्रले सूचना मार्फत सुचीकृत इच्छुक शिक्षकहरुले केन्द्रको श्रव्यदृश्य शाखामा उपस्थित भई अथवा फोनमार्फत सम्पर्क गर्न जानकारी दिएको छ ।

यस्तै, नेपाली, अंग्रेजी, सामाजिक, गणित, विज्ञान, स्वास्थ्य शारीरिक, लेखा, कम्प्युटर र बाली विज्ञानको श्रव्यदृश्य सामाग्री तयार गर्नको लागि १ सय ३२ जना शिक्षकको सूची सार्वजनिक गरेको छ ।

CDHRD

Back to top button