विप्लव नेतृत्वको नेकपाले निर्वाचन खारेज अभियान चलाउने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेज अभियान चलाउने भएको छ ।

पार्टीको हालै सम्पन्न नवौं महाधिवेशनका निर्णय आज सार्वजनिक गर्दै नेकपाले चुनाव खारेजी अभियान चलाउने जानकारी दिएको हो।

पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘सी’ले संसदीय व्यवस्थाको चुनाव खारेज अभियान चलाउन जनसांस्कृतिक कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै, नेकपाले आफ्नो नामको पछाडी सी राख्न थालेको छ । हरेक दुइ महिनामा एक पटक भौतिक श्रम गर्ने भएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ‘सी’ ले संसदीय व्यवस्थाले जनताको आवाज नबोलेको बताउनुभयो । उहाँले श्रमजीवी जनताले विश्वबाट साम्राज्यवादको अन्त्य चाहेको बताउनुभयो ।

Back to top button