
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई कारवाही गरेको जनाएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उजुरीका आधारमा ७१ जनालाई स्पष्टीकरण सोधिएको बताउनुभयो ।
उहाँले स्पष्टीकरणको आधारमा कारबाही प्रकृया अघि बढेको जानकारी दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोग कटिबद्ध भएर लागेको बताउनुभयो। आयोगले निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न सरकारसँग छलफलमा जुटेको पनि उहाँले जानकारी दिनुभयो।