
काठमाडौं । बंगलादेशसामु भारतले १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टी–२० विश्वकपअन्तर्गत टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाउँदै सो योगफल तयार गरेको हो।
भारतका लागि पूर्वकप्तानसमेत रहेका विराट कोहलीले सर्वाधिक ६४ रन बनाउनुभयो । ४४ बलमा अविजित रहँदै विराटले ८ चौका र एक छक्का प्रहार गर्नुभएको थियो।
त्यस्तै केएल राहुलले ५०, सूर्यकुमार यादवले ३० रन बनाउँदा आश्विनले अविजित १३ रन बनाउनुभयो।
बंगलादेशको फिल्डिङ कसिलो नभए पनि असन महोम्मदले ३ र साकिब अल हसनले दुई विकेट लिनुभयो। समूहचरणमा दोस्रो र तेस्रो स्थानमा रहेका दुबै टिमले सेमिफाइनल यात्रा सहज बनाउन जित सुनिश्चित गर्न चाहन्छ।
यसअघि ३ खेल खेलेको भारत २ जितसहित ४ अंक ल्याउँदै दोस्रो स्थानमा छ भने तीनमध्ये एक खेलमात्रै जितेको बंगलादेशलाई जित्नैपर्ने दबाब छ।