
काठमाडौं । स्कुलबाट फर्कने क्रममा बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर एक स्कुले बालकको मृत्यु भएको छ ।
लाजिम्पाटमा रहेको वेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलमा कक्षा ५ मा पढ्ने १४ वर्षीय आयुस्मान दाहालको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका सामाखुसी बस्ने बालकलाई हिजो स्कुलबाट घर फर्कने क्रममा बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थिए। बा १ क ४६४२ नम्बरको बस विद्यार्थी लिएर फर्कदै थियो।
रुखमा ठोक्किएर घाइते भएका आयुस्मानलाई शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेश मैनालीका अनुसार बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।